सरकारले कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट संक्रमणको संख्या बढ्दै गए स्मार्ट लकडाउन गर्ने तयारी गरेको छ । लगातार संक्रमितको संख्या बढेपछि सरकारले रणनीति बनाउने भएको हो । शुक्रबारमात्र नेपालमा ९६८ जनामा संक्रमण पुष्टि भएको छ। सिँहदरबारमा शुक्रबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको बैठकमा ओमिक्रोन भेरियन्ट संक्रमणको संख्या बढ्दै गए आवश्यकता अनुसार स्मार्ट लकडाउन गर्ने बिषयमा छलफल भएको छ। बैठकपछि स्वास्थ्यमन्त्री विरोध खतिवडाले एकसाताको अवधिमा संक्रमितको संख्या बढ्दै गएमा आवश्यकता अनुसार केही क्षेत्र मात्र बन्द गर्नेगरी स्मार्ट लकडाउनमा जाने बिषयमा छलफल भएको बताए। उनले पहिलेजस्तो सवै क्षेत्र बन्द गर्ने सोचमा सरकार नरहेको र अव केही स्थान वा केही क्षेत्रमात्र बन्द गर्नेगरी स्मार्ट लकडाउनको अवधारणालाई अघि बढाइने बताए।