म‌ंगलबार सूचना जारी गर्दै मन्त्रालयले केही लक्षित वर्गका लागि दिने भनिएको कोभिड १९ खोप अभियान हाललाई स्थगित गरिएकोजनाएको छ । मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्राले थप प्राविधिक विषयहरू छलफल तथा तयारी गरी आगामी माघ महिनादेखि यस विषयमा जानकारी गराउने बताइन् । उनले सबै नागरिकलाई कोभिड १९ विरुद्धको पूरा मात्रा खोप चाँडै उपलब्ध गराउन सरकार तयार रहेको पनि बताइन् ।