प्रतिकूल मौसमका कारण काठमाडौंबाट हुने हवाई उडानहरु प्रभावित भएका छन् । रातिदेखि नै काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा पानी परिरहेकाले उडान प्रभावित भएको हो ।

एयरलाइन्स कम्पनीहरुले प्रतिकूल मौसम र कम भिजिबिलिटीका कारण उडानहरु प्रभावित भएको सूचना जारी गरेका छन् ।