नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संविधान संशोधनका लागि सडक, सदन र सरकारसहित सबै क्षेत्रबाट संघर्ष गर्ने बताएका छन् । राजधानीमा जारी आठौं महाधिवेशनको बन्दसत्रमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष दाहालले संविधान संशोधनका लागि संघर्षको प्रस्ताव गरेका हुन् ।

उनले संविधानमार्फत् उत्पीडित वर्ग, जाति, क्षेत्र तथा समुदायको पहिचान र अधिकारसहितको संघीयता संस्थागत गर्न नसकिएको बताएका छन् । ‘यो संविधानमा हाम्रा सीमाहरू छन् । निर्वाचन प्रणाली शासकीय स्वरुप उत्पीडित वर्ग, जाति, क्षेत्र र समुयादको पहिचान र अधिकारसहितको संघीयता संस्थागत गर्न भने सकिएको छैन । त्यसकारण हाम्रो पार्टीले यी घनिभूत विषयमा संविधानको संशोधनको आवश्यकता देखेको छ’ प्रतिवेदनमा भनिएको छ ।