मिनेन्द्र रिजालले रक्षमन्त्रीबाट राजीनामा दिएका छन् । विहीबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवालाई उनले राजीनामा पत्र बुझाएका छन् । कांग्रेसको १४ औँ महाधिवेशनमा महामन्त्रीको उम्मेदवार रहेका डा. रिजालले महामन्त्रीमा पराजित भएपछि रक्षामन्त्रीबाटसमेत राजीनामा दिएका हुन् ।