नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचन अन्‍तर्गत महामन्त्री पदको गणनामा थापा र शर्मा विजयी भएका हुन् । थापा सर्वाधिक मत ३०२३ सहित महामन्त्री चुनिँदा शर्मा दोस्रो धेरै मत १९८४ ल्याएर विजयी भएका हुन् । महामन्त्री पदका लागि थापा र शर्मासँगै डा.प्रकाशशरण महत, प्रदीप पौडेल, डा. मिनेन्द्र रिजाल र राजाराम कार्की चुनावी मैदानमा उत्रिएका थिए ।