नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानमा सन्दीप लामिछाने नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ(क्यान)को बुधबार बसेको बैठकले लामिछानेलाई कप्तान नियुक्त गर्ने निर्णय गरेको हो । क्यानले कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई अनुशासन उल्लंघन गरेको आरोपमा पदमुक्त गर्ने निर्णय गरेपछि लामिछानेलाई कप्तानको जिम्मेवारी दिने भएको हो ।