भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपाल र भारतबीचको सम्बन्ध बिगार्न केही शक्ति लागिरहेको टिप्पणी गरेका छन् । भारतको देहरादुनमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा उनले नेपालसँगको सम्बन्धबारे बोलेका हुन् । तर, उनले नेपाल र भारतबीचको सम्बन्ध बिगर्न को शक्ति सक्रिय छ भन्ने विषयमा भने केही उल्लेख गरेनन् ।