नेपालमा पनि कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट भेटिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा दुई जनामा ओमिक्रोनको संक्रमण पुष्टि भएको जानकारी दिएको हो  | मन्त्रालयका सह–प्रवक्ता समीर अधिकारीले दिएको जानकारी अनुसार दुई विदेशी नागरिकमा ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि भएको हो ।

नेपालमा पनि कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट भेटिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा दुई जनामा ओमिक्रोनको संक्रमण पुष्टि भएको जानकारी दिएको हो । मन्त्रालयका सह–प्रवक्ता समीर अधिकारीले दिएको जानकारी अनुसार दुई विदेशी नागरिकमा ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि भएको हो । ओमिक्रोन भेरियन्ट भेटिएका दुई जना गत मंसिर ३ गते नेपाल प्रवेश गरेका थिए । उनीहरुको मंसिर ७ गते परीक्षण गरिएको थियो ।