नयाँ उज्यालो बचत तथा ऋण सहकारी संस्था बिर्तामोड–५ को अध्यक्षमा पुनः सुष्मा भण्डारी पौडेल चयन भएकी छिन् ।

संस्थाको दशौं बार्षिक साधारणसभा तथा अधिवेसनले पौडेलको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको हो ।
नवगठित समितिको उपाध्यक्ष प्रेमचन्द्र लिम्बू, सचिव कमलबहादुर थापा, सहसचिव शिवराज पौडेल, कोषाध्यक्ष चन्द्रमणी कट्टेल रहेका छन् ।
त्यस्तै सदस्यहरुमा गोविन्द पौडेल, विदुर खनाल, शर्मिला भट्टराई, समिर धिमाल, दिपक पोखरेल, अनिता पुरी रहेका छन् ।

त्यस्तै गणेशप्रसाद पोखरेल संयोजक र नारायणप्रसाद पराजुली र कृष्णप्रसाद प्याकुरेल सदस्य रहेको लेखा समिति र प्रेमप्रसाद लिम्बू संयोजक रहेको ऋण उपसमिति गठन गरिएको छ ।
संस्थाकी अध्यक्ष सुष्मा भण्डारी पौडेलको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका सहकारी तथा सामाजिक विकास अधिकृत डिल्ली दाहालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपाध्यक्ष प्रेमचन्द्र लिम्बूले स्वागत गरेका थिए ।
संस्थापक अध्यक्ष केशरबहादुर खवासले औचित्य तथा संस्थाको गतिविधीमाथि प्रकाश पारेको कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सहायक प्रवन्धक कमल खनाल, जिल्ला सहकारी संघ झापाका सदस्य लिलाप्रसाद भण्डारी, मिलनसार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लक्ष्मीप्रसाद बाँस्कोटालगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा उत्कृष्ट ऋणि सुनिता मगर र प्रेमप्रसाद भेटवाल असल बचतकर्ता अल्पनाकुमारी मण्डल र तारा तामाङलाई जनही एक हजार पाँच सय रुपैयाँसहित प्रशंसा पत्र प्रदान गरिएको थियो भने ज्येष्ठ शेयर सदस्य बृहस्पति शर्मा घिमिरे, यमबहादुर बराइली, मुनुदेवी भण्डारी, विष्णुमाया घिमिरेलाई जनही दुई हजार रुपैयाँ र सम्मान पत्र प्रदान गरिएको थियो । त्यस्तै शेयर सदस्य यामबहादुर श्रेष्ठकी छोरी मिस झापा सेविका श्रेष्ठलाई नगद दुई हजार पाँच सय रुपैयाँ र सम्मान पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा अध्यक्ष पौडेलले वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । संस्थाको शेयर सदस्य दुई हजार एक सय ८४ जना, शेयर पूँजी दुई करोड २४ लाख ६८ हजार पाँच सय, निक्षेप संकलन दुई करोड ७१ लाख ८१ हजार एक सय ९० रुपैयाँ, ऋण लगानी चार करोड ६२ लाख ८१ हजार १९ रुपैयाँ रहेको छ ।

लेखासमिति संयोजक गणेशकुमार पोखरेलले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन संस्थाका सदस्य शिवराज पौडेलले गरेको व्यवस्थापक खड्गबहादुर थापाले जानकारी दिए ।