बेलायतमा हालसम्म नयाँ भेरियन्टको कोरोना भाइरस ‘ओमिक्रोन’ का ४२ जना संक्रमित भेटिएका छन् । दक्षिण अफ्रिकाबात फैलिएको नयाँ प्रकारको कोरोना युरोपको बेलायनमा पनि फैलिरहेको हो । बेलायतको स्वास्थ्य मन्त्रालयले पछिल्लो केहीदिन यता ४२ जनामा कोरोना पुष्टि भएको बताएको छ । पछिल्लो समय बेलायतमा कोरोना भाइरसको संक्रमण बढदै गएको छ । दैनिक रुपमा ५० हजारभन्दा बढीमा कोरोना संक्रमण भइरहेको बेलायतको सरकारी तथ्याङ्कले देखाएको छ ।