बुद्ध भूमि ट्याक्सी सेवा प्रालिको दोस्रो साधारणसभा बुटवलमा सम्पन्न भएको छ ।  बुटवल ११ मा एक कार्यक्रमका बिच साधारणसभा भएको हो । साधारणसभाले  नया संचालक समिति चयन गरेको छ ।

संयोजकमा गोबिन्द बहादुर कुवर,सहसंयोजकमा नरिनारायण घिमिरे,कार्यालय ब्यबस्थापकमा यमबहादुर अर्जेल,आर्थिक ब्यबस्थापकमा दीलिप कुमार बिक,संचालक समिति सदस्यहरुमा गंगाबहादुर कुवर,मोहन अधिकारी,जनार्दन यादब,भिमप्रसाद बस्याल,कानुनी सल्लाहकार रेशम अधिकारी  र सल्लाहकारमा चेतन गुरुङ र धनबहादुर थापा रहेका छन् ।यसअघि भएको साधारणसभाको उदघाटन सत्रमा बोल्ने बक्ताहरुले ब्यबसायीको हक हित र लगानी सुरक्षामा सरकारले ध्यान दिन नसकेको बताए ।

कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी ट्याक्सी तथा भ्यान ब्यबसायी समिमितका पुर्व उपाध्यक्ष होमनाथ उपाध्यायले सबैले मिलेर प्रालिलाइ देशकै नमुना बनाउनुपर्ने बताए ।  सो अबसरमा चेतन गुरुङ,धन बहादुर थापा,कानुनी सल्लाहकार –रेशम अधिकारि,अधिवत्ता–अर्जुन पाण्डे लगायतले बोलेका थिए ।

२८४ जना ब्यबसायी रहेको प्रालिले सहयोगी तथा उत्कृष्ट ब्यबसायीलाई खादा तथा प्रशंसापत्रले सम्मान गरेको छ । गतबर्ष १७ लाख २४ हजार ब्यबसायीबाट उठेको छ भने  भवन निर्माणमा ५४ लाख ६० लाख खर्च भएको आर्थिक प्रतिबेदनमा उल्लेख गरिएको छ ।

३ करोडको शेयर पुजी रहेको प्रालिको कार्यालय ब्यबस्थापक संचालकको प्रतिबेदन गोबिन्द बहादुर कुवर  र आर्थिक ब्यबस्थापक दिलिप कुमार बिकको आर्थिक प्रतिबेदन पास भएको छ । कार्यक्रमको संचालन आशा भारतिले गरेकी थिइन् ।