गत २४ घण्टामा नेपालमा १५ हजार ४६५ जनाको परीक्षण गर्दा १ हजार ४३ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा ८९१ जना निको भएर घर फर्केका छन्।

मन्त्रालयका अनुसार गत २४ घण्टामा ११ हजार १६५ पीसीआर परीक्षण गर्दा ८४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ४ हजार ३०० परीक्षण गर्दा १९४ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।

गएको २४ घण्टामा १२ जनाको कोरोनाका कारण ज्यान गएको छ । मन्त्रालयका अनुसार बुधबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार १९२ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार १९४ जना रहेको छ ।