बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडकाे आईपीओकाे प्रि अलोटमेन्ट आज असाेज २० गते बुधबार हुने भएकाे छ । बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटका अनुसार भाेलि बुधबार प्रि अलाेटमेन्ट सम्पन्न गरी नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) ले स्विकृती दिएमा यसै शुकब्रार बाँडफाँड गरिनेछ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियाे । जसमध्ये ५ प्रतिशत अर्थात ४० हजार कित्ता सेयर कर्मचारीहरुका लागि, २ प्रतिशत अर्थात १६ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र सर्वसाधारणहरूका लागि बाँकी ७ लाख ४४ हजार कित्ता छुट्याइएको थियाे ।

अन्तिम दिनसम्म २१ लाख ११ हजार ८ सय १९ जना आवेदकहरूले २ कराेड ६५ लाख ३१ हजार ४० कित्ताका लागि आवेदन दिएका थिए । माग भन्दा धेरैको आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ ।

जसअनुसार ७४ हजार ४ सय आवेदकले मात्र १० कित्ताको दरले सेयर पाउने छन् । अर्थ संसारले लेखेकाे छ ।