सन् २०२० को भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार तीनजना वैज्ञानिकलाई दिइने भएको छ। रोयल स्वीडिस एकेडेमी अफ साइन्सले रोजर पेनरोज, रेनहार्ड गेन्जेल र एन्ड्रेया घेजलाई संयुक्त रुपमा भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार दिने निर्णय गरेको हो।

पेनरोजलाई ब्ल्याक होल र सापेक्षवाद सिद्धान्तबीचको सम्बन्ध पत्ता लगाउन खेलेको भूमिकाको कदर गर्दै पुरस्कार प्रदान गरिएको हो। गेन्जेल र घेजलाई भने ग्यालेक्सीबारे मा अध्ययन गर्दै यसको बीचमा ‘सुपरम्यसिभ कम्पयाक्ट अबजेक्ट’ खोजी गरेकोमा पुरस्कृत गरिएको हो।

नोबेल पुरस्कार समितिले सोमबार हेपाटाइटिस सी भाइरस पत्ता लगाउने तीन वैज्ञानिकलाई चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गर्ने निर्णय गरेको थियो। माइकल हाउटन, हार्भी अल्टर र चाल्उस राइसलाई संयुक्त रुपमा पुस्कृत गर्ने निर्णय गरिएको थियो।

एउटै क्षेत्रमा काम गरेका वैज्ञानिकलाई संयुक्तरुपमा नोबेल पुरस्कार दिने प्रचलन छ । गत वर्ष पनि कालोक्षिद्रबारे अध्ययन गरेका तीन वैज्ञानिकलाई भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार दिइएको थियो ।