विश्वभर पछिल्लो २४ घण्टामा ४ लाख ६९ हजार १७९ जना कोरोना संक्रमित थपिएका छन् ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार अमेरिकामा सबैभन्दा धेरै एक लाख १० हजार ७६६, बेलायतमा ३६ हजार ७२२, टर्कीमा २९ हजार ३८६ भारतमा २३ हजार १३९ र रुसमा २२ हजार ४३० जनामा संक्रमण पुष्टि भएको हो ।

यसैगरी ब्राजिलमा १७ हजार ७५६, इरानमा १३ हजार २७१ र जर्मनीमा १२ हजार २०९ जनामा कोरोना भाइरसको संक्रमण भएको पाइएको छ ।

यही अवधिमा ८ हजार ५०७ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेहरु पनि अमेरिकामा धेरै छन् । जहाँ २ हजार ५२ जनाले ज्यान गुमाएका छन् । यसैगरी रुसमा ८५७, ब्राजिलमा ६४३, भारतमा ३०९, इरानमा २७२ र टर्कीमा २२७ जनाको मृत्यु भएको छ ।

मेक्सिकोमा भने कोरोनाका कारण ७ सय जनाको मृत्यु भएको छ ।

नयाँ विवरणअनुसार ४ लाख ९१ हजार ९७३ जना बढी निको भएका छन् ।

टर्कीमा ३१ हजार, भारतमा २८ हजार र इरानमा २१ हजार बढी कोरोनामुक्त भएका छन् ।

यसँसँगै कुल संक्रमित २३ करोड ४० लाख ११ हजार १४१ मध्ये हालसम्म २१ करोड ८ लाख ३१ हजार ५३९ जना निको भइसकेका छन् । हालसम्म ४७ लाख ८७ हजार २२२ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् ।