काठमाडाैँकाे ठमेलमा एक जना जर्मन नागरिक मृत फेला परेका छन् ।

गएराति विहानी होटलको कोठाभित्र जर्मन नागरिक डेभिड मिट ज्याकट मृत फेला परेको प्रहरीले जनाएको छ । उनी तीन महिना देखि सो होटलमा बस्दै आएका थिए ।

उनको नेपाली केटी साथी भएको र पर्यटकीय भिषामा नेपाल आएको प्रहरीको भनाइ छ । केटी साथीले फोन गर्दा उनको फोन नउठेपछि प्रहरीमा खबर गरेकी थिइन् ।

त्यसपछि खोजी गर्ने क्रममा उनी बसेको होटलको बन्द कोठाभित्र ओछ्यानमा मृत फेला परेका थिए । उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ । घटनाबारे सोधपुछका लागि प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएकाे छ ।