नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ८९ हजार रुपैयाँ तोकिएको छ ।

बिहिबार छापावाल सुन प्रतितोला रु ८९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु ८८ हजार ५५० कायम गरिएको छ ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला रु एक हजार १६० कायम गरिएको छ । बिहिबार चाँदीको मूल्य प्रतितोला रु एक हजार १५५ थियो ।