नेपाल राष्ट्र बैंकले तरलता अभाव हुन नदिन बैंकहरुलाई २० अर्ब रुपैयाँ बराबरको ७ दिने रिपो जारी गरेको छ ।

अहिले बैंक तथा वित्तीय संस्थामा तरलता अभाव भएपछि राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बराबरको रिपो जारी गरेको हो । बैंक तथा वित्तीय संस्थाहरूको अन्तर बैंक ब्याजदर ५ प्रतिशतभन्दा माथि गएको अवस्थामा राष्ट्र बैंकले रिपोमार्फत तरलता पठाउने गरेको छ ।

कर्जा प्रवाहको तुलनामा निक्षेप सङ्कलन बढ्न नसकेपछि तरलता अभाव भएको भन्दै बैंक तथा वित्तीय संस्थाहरूले ऋणको ब्याज बढाउने बताएपछि राष्ट्र बैंकले रिपो जारी गरेर ब्याजदर नियन्त्रण गर्न खोजेको हो ।

रिपो बोलकबोलमा बोलकर्ताले बाँडफाँट अनुसारको रकमको ११० प्रतिशत रकम बराबरको आफ्नो स्वामित्वमा रहेको ट्रेजरी बिल वा विकास ऋणपत्र धितो स्वरूप नेपाल राष्ट्र बैंकमा बुझाउनु पर्दछ ।