नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का बरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य स्थितिबारे जानकारी लिएका छन् । आज बिहान डल्लुस्थित खनाल निवासमा पुगी अध्यक्ष दाहालले खनालको पूर्ण स्वास्थ्यलाभको कामनासमेत गरेका छन् ।

 

खनाल भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेर झन्डै साढे २ महिनापछि सोमबार स्वदेश फर्किएका थिए । उनलाई स्वागत गर्न (एस) का अध्यक्ष माधव, कुमार बेदुराम भुसाल, मुकुन्द न्यौपाने, राजेन्द्र पाण्डेलगायतका नेताहरु त्रिभुवन विमानस्थल पुगेका थिए ।

खनालको गत साउन २० गते मृगौला प्रत्यारोपण गरिएको हो। उनी उपचारको लागि गत असार २ गते दिल्लीतर्फ प्रस्थान गरेका थिए । हाल उनी निवासमै आराम गरिरहेका छन् ।