नेपाली बजारमा आज सुनको मुल्यमा सामान्य अंकले गिरावट आएको छ । सोमबार प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज ४ सयले घटेको हो

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुनको मुल्य प्रतितोला ९१ हजार २ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन आज प्रतितोला ९० हजार ७ सय रुपैयाँमा खरिद बिक्रि भैरहेको छ ।

यसैगरी, चाँदीको मुल्य पनि ५ रुपैयाँले घटेर आज प्रतितोला १२ सय ५ रुपैयाँमा किनबेच भैरहेको महासंघले जनाएको छ ।