प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टी गठनको आज छिनोफानो हुँदैछ । एमालेबाट फुटेर बनेको यस पार्टीलाई प्रमाण पुगेको खण्डमा निर्वाचन आयोगले आजै प्रमाणपत्र दिनेछ ।

नयाँ दल दर्ताका लागि निवेदन दिएका माधवकुमार नेपाल पक्षका नेताहरू अहिले निर्वाचन आयोगको कार्यालय पुगेका छन्।

सोमबारदेखि चन्द्रागिरि रिसोर्टमा बैठक गरेका उनीहरू त्यहाँबाट सीधै आयोगको कार्यालय पुगेका हुन्।

 सनाखत गर्ने कार्य जारी रहेको बताइएको छ । आयोगले सो पार्टीलाई सनाखतका लागि ११ बजेदेखि २ बजेसम्मको समय दिएको थियो ।