गीतकार डि.पी. दाहाल (परिश्रमी) को शव्द रचनामा रचित तीजको गीतमा चर्चित मोडलद्धय नयन डि.सी. र अञ्जली अधिकारीलाई नचाएका छन् ।

दाहालले आफ्नै शब्दमा रहेको यो तीजमा ‘फिलिली नाचम्ला’बोलको गीतमा चर्चित मोडललाई फिलिली नचाएका हुन् । हालसालै युटुब मार्फत सार्बजनिक भएको यस गीतमा स्वर भने चर्चित गायिका शान्ति श्री परियारले भरेकी छिन् ।

गीतले तीजमा माईतीमा गएर गरिने रमाईलोको पक्षलाई उजागर गरेको छ । स्मृति तिमिलसिना ‘गुरुआमा’ को निर्देशन रहेको’ गीतको भिडियोलाई सम्पादन प्रकाश धमलाले गरेका हुन् भने पुरुषोत्तम न्यौपानेले संगीत भरेका छन् । गीतकार दाहालले यसअघि मायाको क्या राम्रो आँखा, मायाको घरबार लगायतका गीत चर्चामा छन् ।