पानी हाम्रो जीवनका लागि अति आवश्यक चीज हो तर के तपाइलाई यो थाहा छ कि दैनिक बिहान बासी मुखमा पानी पिउनाले जो हाम्रो मुखमा एक किसिमको राल हुन्छ त्यो हाम्रो पेटमा पुगेर कयौं रोगहरुबाट बचाउँछ ।

राल मुखमा बन्ने यस्तो पदार्थ हो जसले एन्टीसेप्टीकको जस्तो काम गर्दछ र हामीले थाहै नपाइ कयौं रोगबाट बचाइ रहेको हुन्छ । पानी पिउनाले शरीरका कयौ रोग निको हुन्छ, पानीले छालाकोको रोग लाइ पनि हतपत लाग्न दिदैन भने विभिन्न किसिमका रोगहरु लाग्न दिनबाट बचाउन पनि पानीले धेरै ठूलो सहायता गर्दछ । यदि पानीलाई बिहानै बासी मुखमा पिउने गरियो भने यसको फाइदा सुनेर तपाइ पनि अचम्ममा पर्न सक्नु हुनेछ । आउनुहोस जानौं पानीलाई कुन समयमा कति मात्रामा पिउने? किनकी पानी पिउने सही तरीकाले मात्र तपाईलाई स्वस्थ राख्न सक्दछ

पानी पिउँदा ध्यान दिनुपर्ने कुरा

 

1.एकैचोटी धेरै पानी पिउने गर्नुहुँदैन यसोगर्दा शरीरमा पाचनप्रक्रियामा खराबी आउनसक्छ ।

2.खाना खाएलगतै वा खाना खानु केही समयअघि पानी पिउनुहुँदैन ।

3. घामबाट र शौचालयबाट फर्केलगतै पानी पिउनु पनि स्वास्थ्यको लागि खराब मानिन्छ ।

4.राति निन्द्राबाट उठेर एक्कासी पानी पिउँदा ज्वरो आउने सम्भावना हुन्छ ।

5.खाली पेटमा प्यास लागेमा केही चीज खाएपछि मात्रै पानी पिउनु उपयुक्त मानिन्छ ।

6. पानी पिएलगतै दौडिने वा खेल्ने गर्नुहुँदैन ।

7. पानी पिउँदा निकै तनावमा पिउनु राम्रो मानिँदैन,शान्त भएर पानी पिउनु नै राम्रो हुन्छ ।

8.पानी पिउँदा कहिलेपनि सुतेर पिउनु हुँदैन ।

9.बिहान शौचालय जानुअघि पानी खानु स्वास्थ्यको लागि राम्रो मानिन्छ । 

तातो पानी पिउनुका फाइदा:

1. तातो पानीले शरीरको शुद्धिकरण गर्दछ । उमालेको पानी आफैमा शुद्ध हुने भएकाले यसले शरीर शुद्धिकरणमा सघाउ पुर्याउँछ ।

2. पाचन प्रणालीमा गडबडी हुनेहरुले दैनिक दुइ पटक तातो पानी पिउनाले पाचन प्रणालीमा स्वस्थ्य पार्नुका साथै नियमित गर्दछ ।

3. बिहान उठ्ने बित्तिकै तातो पानी पिउँदा शरीरमा जम्मा भएका विषाक्त तत्वहरु मुत्रसँगै बाहिर जान्छन्, यसले पूरै रगत सफा पार्न मद्दत गर्छ ।

4. कब्जियतबाट छुटकारा पाउन दिनहुँ बिहान तातो पानी पिउनु लाभदायक हुन्छ ।

5. बिहान वा खाना पछि हरेक पटक एक गिलास तातो पानीमा कागती वा मह मिसाएर पिएमा मोटोपना नियन्त्रण हुने गर्दछ ।

6. घाँटी दुखे वा टन्सिल भएमा तातो पानीमा नुन मिसाएर पिउँदा राहत पुग्दछ ।

7. तातो पानीको सेवन गर्दा शरीरमा तापक्रम बढ्न गई पसिना निस्कन्छ । पसिना निस्कदा शरीरमा बढि भएको नुन बाहिर निकाल्नुका साथै रगतको शुद्धिकरणमा सहयोग पूर्याउँछ ।

8. महिनावारीका समयमा पेट दुख्ने समस्या कम गर्न तातोपानी उपयोगी हुन्छ ।

9. टाउको वा पेट दुखेको बेला तातो पानी पिउँदा राहत पुग्दछ ।

10. तातो पानीमा कागती र मह मिसाएर सेवन गर्नु उपयोगी हुन्छ ।