बलिउड अभिनेत्री स्वरा भास्कर ट्वीटरमा आउनासाथ विवादित पोस्ट गर्छिन् । जसकारण उनी चर्चामा आई हाल्छिन् । हालैमात्र अभिनेत्रीले ट्वीट गर्दै तालिबानी आतंकवादीको तुलना हिन्दुत्वसँग गरिन् ।

उनको यो ट्वीट पछि सामाजिक सञ्जालमा निकै आलोचना भइरहेको छ । प्रयोगकर्ताले सामाजिक सञ्जालमा स्वरालाई पक्राउको माग गरेका छन् ।

‘हामी हिन्दुत्वको आतंकले ठिक हुन सक्दैनौं । हामी तालिबानको आतंकले टुटेका छौं । हामी तालिबानको आतंकबाट शान्त हुन सक्दैनौं । हामी सबै हिन्दुत्वको आतंकका बारेमा दुःखी हुन्छौं । हाम्रो मानवीय र नैतिक मूल्य पीडित वा उत्पीडकको पहिचानमा आधारित हुँदैन’, उनले लेखेकी छन् ।

उनको यो ट्वीट सामाजिक सञ्जालमा निकै आलोचित बनेको छ । प्रयोगकर्ताले ट्वीटप्रति निकै रोष पोखेका छन् ।