आज २०७८ साउन २९ गते शुक्रबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ ।

सोही अनुसार दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रोलोजर राजले यस्तो फलादेश गर्नुभएको छ-

मेष(Aries) (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
व्यावसायिक योजना बन्नेछ । आत्मविश्वास बढ्ने छ । बोल्नु अगाडि विचार गर्नुहोला, आफन्तलाई ठेस पुग्न सक्छ । झुटो आरोप ।

वृष(Taurus)  (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
विदेश यात्राको योग । आजको दिन तपाई मौन रहनु लाभदायक । रिसलाई बसमा राख्नु बुद्धिमतापूर्ण हुनेछ । रोजगारको अवसर मिल्न सक्छ ।

मिथुन (Gemini) (का, कि, कु, घ, ङ, छ, के, को, हा)
अनुसन्धानमूलक काममा चासो बढ्ला । मनमा खिन्नता रहला । केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला, आफन्तलाई ठेस पुग्न सक्छ ।

कर्कट(Cancer)  (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पारिवारिक समस्या । व्यापारमा आर्थिक सुधार । कीर्ति बढ्ने । शान्त रहनु बुद्धिमानी हुनेछ । मौनता अपनाउनु राम्रो । स्वास्थ्यमा गडबडी ।

सिंह(Leo) (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
वैदेशिक यात्राको अवसर । शारीरिक स्फूर्ति बढी । पद वृद्धिको योग । जोखिमपूर्ण चुनौतीको सामना गर्दा तपाईंलाई आज शुभ हुने योग छ ।

कन्या(Virgo) (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
पारिवारिक मेलमिलाप बढ्नेछ । मन प्रशन्न रहने । राम्रो सहयात्रीको मिलन हुने सम्भावना प्रवल छ । झुठा आरोप लाग्न सक्ला । धार्मिक कार्यमा उत्साह ।

तुला(Libra) (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
घरायासी समस्या बढ्ने छ । अध्ययनमा रुची घट्ने छ । मानसिक चिन्ताले सताउला । मित्रको सहयोग मिल्ने योग । आर्थिक संकट।

वृश्चिक (Scorpio)(तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पारिवारिक सम्बन्ध सुमधुर सम्भावना । शुभ कार्यमा मन जाने । विश्वास गरिएका व्यक्तिबाट धोकाको सम्भावना । कार्यमा सफलता ।

धनु(Sagittarius) (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
धन सञ्चितको योग । कार्यमा प्रगती, मनमा हर्ष । शैक्षिक लगानीबाट फाइदा । व्यवसायमा सुधार । यात्रामा सावधानी अपनाउनु होला ।

मकर(Capricorn) (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
मित्रको सहयोग हुने सम्भावना भए पनि मनमाथि नियन्त्रण राख्नुहोला । स्वास्थ्यमा र व्यापारमा सुधार । यात्राको अवसर मिल्ने ।

कुम्भ(Aquarius) (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
शत्रु परास्त हुने । सन्तानबाट सहयोग प्राप्त हुनेछ । धार्मिक कार्यमा रूची बढ्ने । महत्वपूर्ण व्यक्तिसँग भेट । अध्ययनमा सफलता मिल्नेछ ।

मीन(Pisces) (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
स्वास्थ्यमा समस्या आउँन सक्छ । साथीभाइको सहयोग मिल्ने योग छ । मनमा चञ्चलता भएपनि अध्ययनमा रुची । महत्वपूर्ण कार्यमा उल्झन ।