अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले भारत र इंग्ल्याण्डको टिमलाई कारवाही गरेको छ ।

स्लो ओभर रेटका कारण आईसीसीले यी दुवै टिमलाई कारवाही गरेको हो ।

कारवाही स्वरूप आईसीसीले इंग्ल्याण्ड र भारतलाई विश्व टेष्ट च्याम्पियनशिपको दुई/दुई अंक काटेको छ ।

अब यी दुई टिमसँग च्याम्पियनशिपमा दुई/दुई अंक बाँकी रहेको छ । पहिलो खेल वर्षाका कारण ड्र भएको थियो ।

जसकारण भारत र इंग्ल्याण्डले चार/चार अंक पाएका थिए ।

साथै, आईसीसीले स्लो ओभर रेटकै कारण भारत र इंग्ल्याण्डमाथि म्याच फिको ४० प्रतिशत जरिवाना गरेको छ ।