नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

सुन तोलामा एक हजार रुपैँयाले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८९ हजार रुपैँयामा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी तेजावी सुन आज प्रतितोला ८८ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ५५० रुपैयाँ थियो ।

चाँदीको मूल्य पनि २५ रूपैयाँले घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार २१५ रुपैयाँमा कारोबार भइरहेको छ ।