अमेरिकाले टोकियो ओलम्पिकमा पहिलो स्थान हात पारेको छ । एक दिनको खेल बाँकी रहँदा दुई स्वर्ण पदकले पछि परेको अमेरिकाले अन्तिम दिन तीन स्वर्ण पदक थपेको हो । अन्तिम दिनको खेल सकिँदा अमेरिकाले ३९ स्वर्ण, ४१ रजत तथा ३३ कास्य पदक सहित ११३ पदक जितेको छ ।  चीनले ३८ स्वर्णसहित दोस्रो स्थान हासिल गरेको छ ।

यसपटकको ओलम्पिकमा स्विमिङ, एथलेटिक्स, सुटिङ, डाइभिङ, जिम्न्यास्टिक, भारत्तोलन जस्ता खेलहरुमा विश्व किर्तिमान कायम भए ।

एथलेटिक्सको छोटो दूरीमा जमैकाको बर्चश्व रह्यो । स्विमिङ र एथलेटिक्समा अमेरिकाको बर्चश्व केही कमजोर भयो । तर, अमेरिकाले १२८ वटा पदक एथलेटिक्समा मात्र जित्यो । स्विमिङमा ५० पदक जित्यो ।

दक्षिण एशियाबाट भारतले मात्र ओलम्पिकमा पदक जित्यो । भारत १ स्वर्ण, २ रजत र ४ काँस्यका साथ ४८औं स्थानमा रहन पुग्यो । टोकियो ओलम्पिकमा भारतले अहिलेसम्मकै सर्वाधिक पदक जितेको छ ।

नेपालले ओलम्पिकमा कुनै पदक जितेन । नेपाली पौडीवाजहरुले राष्ट्रिय किर्तिमानमा भने सुधार गरे । यो नै नेपालको सफलता बन्यो ।