– डा.डी.आर.उपाध्याय ,

प्रधानमन्त्री शेरबहादुर देउवाले बिश्वासको मत पाएका छन । अव उनले ढुक्कले सरकार संचालन गर्न सक्छन । यो उनका लागी ठूलो अवसर हो । जनादेशबाट भन्दा पनि परिस्थितिका कारण उनी प्रधानमन्त्री भएका हुुन । मुलुकले पाँच वर्षका लागि सरकार चलाउने जनादेश केपी ओली, पुष्पकमल दाहालको बामगठबन्धन दललाई दिएको थियो । तर राजनीतिक घटनाक्रम र परिस्थिती बदलिएको कारण यो अवस्था निर्माण हुन आएको हो ।

नेपाली कांग्रेसलाई प्रतिपक्षीको भूमिकामा रहन जनादेश प्राप्त थियो । तर, सरकार चलाउन बामगठबन्धन दलले सकेन । सरकार सञ्चालन गर्न कौशलता र पार्टी भित्र एक मत चाहिन्छ । चुनावमा बाम गठबन्धन नभएको भए बहुमत आउने थिएन । चुनाव लगत्तै ओली र दाहाल मिलेर पाटी एकता पनि गरे । पाटीको नाम नेकपा राखे तर पाटी एकता लामो समय सम्म टिक्न सकेन । केपी ओलीलाई प्रधानमन्त्री बनाए ।

ओलीसँग सरकार हाँक्ने, आफ्नो पार्टी मिलाउने दक्षता, र सीप कुनै पनि देखिएन । ओलीले पाटी भित्रको आन्तरिक झगडालाई व्यवस्थापन गर्न सकेनन् । पाटी मिलाएर ओलीले लान सकेका भए शेरबहादुर देउवालाई यो फाइदा आउने थिएन । ओली, माधव मिल्न नसकेको कारणले शेरबहादुरलाई सरकारको नेतृत्व लिन परेको हो । यो उनका लागि नवीन र अकल्पनीय अवसर हो । यसको सही उपयोग गरी मुलुकलाई नयाँ उचाइ दिन सकेमा उनका लागि आगामी राजनीतिक यात्रा राम्रो हुन सक्छ । परिस्थितिले उब्जाएको अवसरलाई उनले सहि ढंगले लैजानु पर्छ ।

असल र अनुभवी पात्रहरू सम्मिलित किचन क्याबिनेट देउवाका लागि पहिलो आवश्यकता हो । अर्कोतिर मधेसकेन्द्रित दलहरूलाई पनि मिलाएर लैजानु पर्छ । यो परिस्थितिमा देउवाले विश्वासको मत पाएका छन ।आगामी डेढ वर्षको अवधि सरकार सञ्चालन गर्न देउवाले सवै दललाई मिलाएर लैजान सके धेरै राम्रो हुन्छ । यद्यपि, मिलिजुली सरकार सञ्चालन गर्न उनले कौशलता देखाउन सक्नु पर्छ । अहिलेको अवस्था उनका लागि सोचेजति सहज छैन ।

संवैधानिक बाध्यताले विगतमाझैं जम्बो मन्त्रिमण्डलको छुट पनि दिँदैन । त्यसैले असल र अनुभवी पात्रहरू सम्मिलित २५ जना सम्मको सानो मन्त्री परिषद बनाउनु पर्छ । यति बेला निवर्तमान प्रधानमन्त्री ओली र उनको दल पर्ख र हेरको अवस्थामा छ । पूर्ववर्ती सरकारले अघि सारेको ‘समृद्ध नेपाल सुखी नेपाली’को नारा साकार पार्नु पनि छ ।

अहिले कोभिड महामारीले देश आक्रान्त छ । देउवा मन्त्रिपरिषद्को पहिलो बैठकले आमनेपालीलाई कोभिडविरुद्ध खोप दिने निणर्य पनि गरको छ । यो राम्रो कुरा हो । राष्ट्रिय गौरवका आयोजना पूरा गर्नुपर्ने छ । यसका लागि बहिर्गमित प्रधानमन्त्री र उनको नेतृत्वको राजनीतिक दलको सहयोग र समर्थन चाहिन्छ नै । त्यो कसरी मिलाएर लैजाने हो अर्को चुनौती छ ।

यतिबेला राजनीतिक ध्रुवीकरण पनि अति नै बढेको छ । देउवाले सबैलाई मिलाएर कसरी लैजान सक्छन त्यो नै अग्नि परिक्षा हो । मधेस केन्द्रित दलहरूको माग सम्बोधन हुने गरी संविधान संशोधनको आवाज आइरहेको छ । यसमा सरकार कसरी अघि बढछ । देउवाका आगामी यात्रा सहज हुन । यही छ, शुभकामना ।