प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदी बीच टेलिफोन संवाद भएको छ । प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोनमार्फत कुरा भएको जानकारी सामाजिक सञ्जाल ट्वीटरमा दिएका छन् । प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री मोदीले कोभिडविरुद्धको खोप आपूर्ति गर्न आग्रह गरेको र मोदीले छिटै खोप उपलब्ध गराउने आश्वासन दिएको समेत जानकारी गराएका छन् ।