निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा आफ्नो बायो अझै अपडेट गरेका छैनन् ।

४१ महिना नेपाल सरकारको नेतृत्व गरेर सोमबार सर्वोच्च अदालतको परामादेशसँगै प्रधानमन्त्रीबाट हटेका ओलीको फेसबुक पेज र ट्वीटर ह्यान्डल दुवैमा ‘प्राइम मिनिस्टर अफ नेपाल’ यथावत छ ।

भेरिफाइड ट्वीटर र फेसबुकलाई आधिकारिक मानिन्छ । तर, केपी ओलीले तीन दिनसम्म पनि बायो परिवर्तन नगर्नु आश्चर्यजनक छ ।

यद्यपि, नव नियुक्त प्रधानमन्त्री शेर बहादुर देउवाले भने आफ्नो बायो परिवर्तन गरेर प्राइम मिनिस्टर अफ नेपाल राखिसकेका छन् ।