चेक रिपब्लिकलाई क्व्वटर फाइनलमा हराउँदै डेनमार्क युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा चेक रिपब्लिकलाई २-१ गोलले पराजित गर्दै डेनमार्क अन्तिम सेमिफाइनलमा पुगेको हो ।

डेनमार्कलाई जित दिलाउन थोमस डेलानेले  १  र कास्पर डोलवर्गले १ गोल गरे । चेक रिपब्लिकका प्याट्रिक शिकले १ गोल फर्काए ।डेनमार्कविरुद्धको गोलसँगै प्याट्रिकले जारी युरोमा ५ गोल पूरा गरेका छन् । यससँगै प्याट्रिकले गोल्डेन बुटको दाबेदारमा क्रिस्टियानो रोनाल्डोसँग बराबरी गरेका छन् ।