स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिडले सहज जित निकालेको छ ।

शनिबार राति भएको खेलमा रियल ओसासुनालाई २-० ले पराजित गरेको छ ।

घरेलु मैदानमा रियललाई जित दिलाउन इडेर मिलिटाओ र कासिमिरोले एक/एक गोल गरे ।

जितसँगै रियलले ३४ खेलमा ७४ अंक जोड्दै शीर्ष स्थानको एट्लेटिकोमाथि दबाब कायम राखेको छ । एट्लेटिकोको ७६ अंक रहेको छ । ओसासुना ४० अंकसहित ११औँ स्थानमा छ ।