कोभिड-१९ को महामारीका कारण नेपाल त्रिकेट संघ (क्यान)ले आफ्ना सबै कार्यक्रम स्थगित गरेको छ। क्यानले शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रतियोगितासँगै सबै कार्यक्रम स्थगित भएको जानकारी गराएको हो।

विज्ञप्तिमा भनिएको छ, ‘कोभिड-१९ को महामारीको वर्तमान अवस्थामा सुधार आएर संघबाट अर्को सूचना जारी नभएसम्म प्रस्तावित सबै प्रतियोगिता स्थगित गरिएको छ।’

क्यान आगामी केही दिनमा यू-१९ को छनोट कार्यक्रम आयोजना गर्ने तयारीमा थियो। त्यस्तै, भारतको उत्तराखण्डको टिमसँगको महिला टिमको प्रतियोगिता रद्ध भएपछि क्यान अर्को प्रतियोगिताको तयारीमा थियो।

अहिले यी सबै प्रतियोगिता स्थगित गरिएको क्यानले बताएको छ। त्यस्तै, क्यानले यो समयमा विभिन्न क्लबले आयोजना गर्ने कार्यक्रमको लागि कार्यविधि निमार्ण गर्ने भएको छ।