सामाजिक संजालहरु फेसबुक र ट्वीटरले प्रतिबन्ध लगाएपछि अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै वेबसाइट ल्याएका छन् । उनको यो वेबसाइट सामाजिक संजाल नै भएको दावी गरिएको छ । अमेरिकी राष्ट्रपतिको निर्वाचनमा पराजित भएपछि ट्रम्पले गरेका फर्जी दावी र उनका समर्थकले संसद भवनमा आक्रमण गरेपछि सामाजिक संजालहरुले ट्रम्पमाथि प्रतिबन्ध लगाएका थिए । ट्रम्पमाथि सामाजिक संजाल प्रयोग गरेर समर्थकलाई भड्काएको आरोप लगाइएको थियो ।

अब ट्रम्पले आफ्ना समर्थनकसँग जोडिइरहन र आफ्नो कामबारे समर्थकलाई जानकारी दिन आफ्नो आधिकारिक वेबसाइट फ़ोर्टिफ़्हैभअफिस दक्तम  सुरु गरेका छन् । ट्रम्पले वेबसाइटमा ‘अमेरिका फर्स्ट’ एजेन्डालाई प्रमुखता दिएका छन् । वेबसाइटमा उनको कार्यकालमा गरिएका कामहरुको जानकारी दिइएको छ । ट्रम्पले चुनाब हारेपछि पनि रिपब्लिकन पार्टीमा उनको प्रभाव कायमै छ र उनले २०२४ मा फेरि चुनाब लड्ने तयारी गरेका छन् । यो वेबसाइट अर्को चुनाबको लागि आधार तयार गर्नको लागि ल्याइएको हुन सक्ने अनुमान गरिएको छ ।