माघ २७ – काठमाडौं उपत्यकाको तारकेश्वर नगरपालिका ८ मा मानमैजुमा रहेको उद्योगमा ठूलो आगलागी भयो। बिहान १:३० बजे सर्ट सर्किटको कारण देखा परेको आगो निहित भएको छ। बलजु काठमाडौं, ललितपुर र भक्तपुरका फायर इञ्जिनको सहयोगमा प्रहरी र स्थानीयले आज बिहान आगो नियन्त्रणमा लिएको बालाजु प्रहरी सर्कलका प्रहरी निरीक्षक गंभीर जंग थापाले बताए। पान पराग उत्पादन गर्नका लागि प्रयोग गरिएको कच्चा पदार्थसहित ६ वटा मेशिनहरू आगोमा नष्ट भएका छन्। आगोमा निलिएको सम्पत्ति विवरणको अनुमान हुन सकेको छैन।