माघ १७ – केन्द्रिय बैंकद्वारा अनलाइनमार्फत नेपालबाट विदेशी सामान डलरमा किन बेच गर्न सकिने सुविधाg एक महिनाभित्र सुरु हुने बताइएको छ। प्रत्येक व्यक्तिले एक बर्षमा अधिकतम ५०० अमेरिकी डलरसम्म खर्च गर्न सक्ने व्यवस्था संसाधन भइरहेको पनि बताइएको छ। अनलाइन किनमेलका लागि विदेशी वेबसाइटहरुमा उपयोग गर्न वाणिज्य ब्याङ्कहरूको ‘प्रिपेड डलर कार्ड’ लिन पाइने बताइएको छ। सो सुविधा लागु भए पश्चात नेटफ्लीक्स,अमेजन प्राइमजस्ता सेवा लिन, अनलाइन गेमहरूमा खर्च गर्न अथवा अनलाइन किनमेल गर्न वा फेसबुकमा विज्ञापन गर्ने वा मोबाइल एप किन्ने जस्ता सुविधा नेपालबाट नै लिन सकिने छ।
“नेपाली मुद्रामा खाता हुने नेपालीहरूले पनि बढीमा ५०० अमेरिकी डलरसम्म खर्च गर्न सक्ने व्यवस्था मिलाउने प्रयास गरिरहेका छौँ,” राष्ट्र ब्याङ्कका सहप्रवक्ता नारायण पोखरेलले भने। ओ विषयमा आन्तरिक रूपमा सुझाव लिने कार्य सम्पन्न भइसकेको छ र त्यसमा प्राप्त भएका सुझावहरू समावेश गरेर सर्कुलर जारी गर्ने तयारी भइरहेको छ।