कतारमा लामो समय देखी सेवारत रहदै आएका नेपाली पुरस्कृत भएका छन् । नासर अल अली एन्टरप्राइजेजले सोमबार आफ्ना तीन नेपाली कर्मचारीलाई पुरस्कृत गरेको हो । पुरस्कृत हुनेमा चन्द्र बहादुर राई, दिप बहादुर पुरी ,र रोज मोहम्मद छन् । कम्पनीले १० वर्ष लामो सेवाका लागि प्रत्येकलाई कतारी रियल १५००० (पन्ध्र हजार) प्रदान गरी सम्मानित गरेको छ । नासर अली अल अली, कम्पनिका मालिकले एक कार्यक्रमका बीच ती कर्मचारीहरुलाई इनाम हस्तान्तरण गरे । कम्पनीमा आफ्नो समर्पणको साथ लामो समयको उत्कृष्ट प्रदर्शन गरेकाले उनीहरुलाई सम्मान गरिएको कम्पनीले जनाएको छ । कम्पनीका मालिक नासर अली अल अली भन्छन्, “मलाई गर्व लाग्छ कि १० बर्षको सेवामा कामदार वफादारी र कडा परिश्रमले कम्पनीको सफलतामा योगदान पुर्याए, टोकनको रूपमा प्रत्येक कर्मचारीलाई कतारी रियल १५००० प्रदान गर्दछु। मलाई आशा छ कि मेरा कर्मचारीहरूले अझ बढी सफलताहरू प्राप्त गर्न उनीहरूको बफादारी र प्रतिबद्धतालाई जारी राख्नेछन्। “
ट्रेन्डिङ
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
- काठमाडौं उपत्यकामा बुधबार राती देखी निशेधाज्ञा, के गर्न पाइन्छ र के पाइदैन ?
- सर्वोच्च अदालतले संसद भंग गर्ने निर्णयको कारण आदेश जारी गर्यो
- नेपालको नया नक्सा जारी भए पछी पूर्व राजा ज्ञानेन्द्र शाहले ट्विटरमा एस्तो लेखेका छन
- २ करोड ५० लाख डोज कोरोना भ्याक्सिन नेपाल आपूर्ति गर्न सम्झौता
- संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा ८ वटा रिट दर्ताका लागि पेश
- कोही पनि भ्रष्टाचारीलाई नछाड्ने: नेता विनय रावल
- अब लाइसेन्स ट्रायलमा ६० नम्बर आए पास