असोज १३ – एक जना टयांकर चालकले पेट्रोलमा मटितेल मिसाएको अवियोग्मा चालकलाइ निगमको थानकोट डिपोबाट पक्राउ गरिएको हो। भारतको बरौनीबाट २०,००० लिटर पेट्रोल लिएर आउदै गर्दा (ना ४ ख ३०८५) ट्याकंरका चालकलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाइएको नेपाल आयल निगमले जनाएको छ । उनलाई कालोबजारी तथा केही सामाजिक अपराध ऐन अनुसार कारबाही गर्न प्रहरीलाई बुझाइएको छ। उनीहरुलाई जरिवानसहित कैद सजाय हुनेगरी जिल्ला प्रशासन कार्यालयमार्फत मुद्दा चलाइने निगमले जनाएको छ ।