त्रिवि शिक्षण अस्पतालमा कार्यरत दुई चिकित्सकसहित ६ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ। दुई चिकित्सक र चार स्टाफ नर्समा बुधबार कोरोना भाइरसको संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ। इमर्जेन्सीमा कार्यरत दुई चिकित्सक र वार्डमा कार्यरत चार नर्सिङ स्टाफमा कोरोना संक्रमण पुष्टि भएपछि शिक्षण अस्पतालको आकष्मिक सेवा बन्द गरिएको छ। संक्रमित चिकित्सकको सोही अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ भने अन्य स्वास्थ्यकर्मीलाई घरकै आइसोलेसनमा बस्न भनिएको छ। बुधबार ६ स्वास्थ्यकर्मीको पीसीआर रिपोर्ट पोजिटिभ आएसँगै अस्पतालकामा कोरोना संक्रमित स्टाफको संख्या १८ पुगेको छ।