त्रिभुवन बिमान्स्थल को धावन मार्ग को काम पुरा भएको छ । अन्तरराष्ट्रिय विमानस्थलको पुरानो तीन हजार मिटर लामो धावनमार्गलाई थप ३ सय मिटर विस्तार गरिएको नेपाल नागरिक उड्डय प्राधिकरणले जानकारी दिएको हो | विमानस्थलको धावनमार्गको दक्षिणतर्फ (कोटेश्वर क्षेत्र) रनवे जिरो–टु विस्तारको काम सम्पन्न भएको छ । प्राधिकरण अन्तरगतका हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले धावनमार्ग विस्तारको काम गरेको हो । अब बोइङ ७४७ देखी एर बस ए-३३० मोडलका बिमानहरु ले सजिलै उडान र अवतरन गर्न सक्ने छ ।