संसद अधिवेशन सुरु हुन एक दिनअघि बिहीबार स्वाब संकलन गराएका सांसदहरूको कोरोना भाइरस परीक्षण  रिपोर्ट नेगेटिभ आएको छ । आज ४४० जना को रिपोर्ट नेगेटिभ आएको छ जस्मद्धे २१२ सांसद र बाँकी संसद् सचिवालयका कर्मचारी हुन् । बिहीबार प्रतिनिधिसभाका र राष्ट्रिय सभाका स्वाब संकलन गरिएको थियो ।सबै को रिपोर्ट नेगेटिभ आएको छ । शुक्रबार पनि सांसद र कर्मचारीहरूको स्वाब संकलन गरिएको थियो । आज स्वाब संकलन गरिएका सांसदहरूले संसद बैठकमा भाग लिन पौने छैनन् । आजदेखि संघीय संसद्को बजेट अधिवेशन सुरु हुँदैछ । कोरोनोको जोखिम हुन नदिन सांसद् र कर्मचारीको अनिवार्य पीसीआर परीक्षण गरिएको थियो ।