नेपाली सेनाले पहिलो चरणमा स्थलमार्गबाट  ल्याउन सुरु गरेको स्वास्थ्य सामग्री आउने सातामात्रै आइपुग्ने भएको छ | सेनाको वैशाख २३ मा पहिलो लटको स्वास्थ्य सामग्री चीनबाट काठमाडौं उतार्ने बताएको थियो । तर, चीनमा लगातार ५ दिनको बिदाले गर्दा तोकिएको समयमा स्वास्थ्य सामाग्री ल्याउन नसकेको भनेर नेपाली सेना ले भनेको छ । स्वास्थ्य सामाग्री हरु स्थल मार्ग बाट अर्को साता आइपुग्ने छन् । स्थलमार्गबाट तातोपानी नाकासम्म सामान ल्याउन ७ दिन लाग्न सक्छ । अहिले सोमबार, बुधबार र बिहीबार गरेर तीन वटा कन्टेनर चाइना हिँडेको छ ।कोरोना भाइरसको महामारीका वेला चीनबाट स्वास्थ्य सामग्री खरिद गर्ने नेपाल ८१ औं राष्ट्र हो ।