प्रदेश १ को नामकरण कोसी राखिएको भन्दै आइतबार विराटनगर, ईटहरी, भापा लगाएतका जिल्लाहरु बन्द गरिएको छ । विभिन्न जातीय पहिचानसहित कोसी प्रदेशको पुनः नामाकरण गर्न माग राख्दै आह्वान गरेको आम हड्तालका कारण बन्द भएको हाे। गत फागुन १७ गते बसेको प्रदेशसभा बैठकबाट प्रदेश १ को नामकरण कोसी प्रदेश राख्ने निर्णय गरेसँगै पहिचान पक्षधरहरू असन्तुष्ट छन् । काेशी प्रदेशकाे नामाङ्कन पहिचानका आधारमा राख्नुपर्ने माग गरेसँगै सरकारले उक्त मागकाे सम्बाेधन नगरे प्रदशनी प्रदेशैभर निरन्तर रहेने चेतावनी समेत दिइने जनाइएकाे छ।