नेकपाको सचिवालय बैठक बालुवाटारमा जारी छ । अघिल्लो बैठकभन्दा यो बैठकमा अध्यक्ष पुष्पकमल दाहालको सिट बदलिएको छ । अहिले प्रधानमन्त्री केपी शर्मा ओलीसँगै दाहालको बस्ने कुर्सी राखिएको छ । अघिल्ला दुई बैठकमा अध्यक्ष दाहाल सचिवलायका अन्य सदस्यतर्फका साइडमा थिए । ४ बजेका लागि बोलाइएको बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यव्यस्तताका कारण डेढ घण्टा पछि सरेको थियो । गत बुधबार बसेको बैठकमा बहुमत सदस्यले ओलीलाई दुवै पदबाट राजीनामा दिन भनेपछि प्रधानमन्त्रीले कोरोना संक्रमण सकिएपछि वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने र वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीमा तेस्रो अध्यक्ष बनाउने प्रस्ताव राखेका थिए ।
ट्रेन्डिङ
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
- काठमाडौं उपत्यकामा बुधबार राती देखी निशेधाज्ञा, के गर्न पाइन्छ र के पाइदैन ?
- सर्वोच्च अदालतले संसद भंग गर्ने निर्णयको कारण आदेश जारी गर्यो
- नेपालको नया नक्सा जारी भए पछी पूर्व राजा ज्ञानेन्द्र शाहले ट्विटरमा एस्तो लेखेका छन
- २ करोड ५० लाख डोज कोरोना भ्याक्सिन नेपाल आपूर्ति गर्न सम्झौता
- संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा ८ वटा रिट दर्ताका लागि पेश
- कोही पनि भ्रष्टाचारीलाई नछाड्ने: नेता विनय रावल
- अब लाइसेन्स ट्रायलमा ६० नम्बर आए पास