उत्तर कोरियाका नेता किम जोङ्ग उन २० दिनपछि सार्वजनिक कार्यक्रममा देखिएका छन् |

राजधानी प्योङयाङनजिकै रहेको सन्चेनस्थित एउटा मल कारखानाको उद्घाटन समारोहमा शुक्रबार नेता किम आफ्नी बहिनी किम यो जोङसहित अन्य वरिष्ठ अधिकारीसँगै सहभागी भएको उत्तर कोरियाली समाचार संस्था कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए) ले जनाएको छ ।