टाइम्स सम्वाददाता, काठमाडौं।

उपत्यकामै सबभन्दा लामो समय चल्ने रातो मच्छिन्द्रनाथ रथयात्राको आज अन्तिम दिन। जावलाखेलमा भोटो प्रदर्शनसँगै जात्रा सकिन्छ। त्यसपछि रातो मच्छिन्द्रनाथलाई बुंगमती फिर्ता लगिन्छ।

भोटो रातो मच्छिन्द्रनाथको संस्कृतिसँग जोडिन पुग्यो?

काठमाडौं उपत्यकामै सबभन्दा लामो समय चल्ने रातो मच्छिन्द्रनाथ रथयात्राको आज अन्तिम दिन। जावलाखेलमा भोटो प्रदर्शनसँगै जात्रा सकिन्छ। त्यसपछि रातो मच्छिन्द्रनाथलाई बुंगमती फिर्ता लगिन्छ।

मच्छिन्द्रनाथको भोटोजात्रा मनाइरहँदा के तपाईंलाई थाहा छ, हरेक वर्ष सार्वजनिक प्रदर्शन गरिने यो भोटो कसको हो? कसरी यो भोटो रातो मच्छिन्द्रनाथको संस्कृतिसँग जोडिन पुग्यो यो अवसरमा गुठी संस्थानका कर्मचारीले रथमाथि चढेर कालो रङको भोटो प्रदर्शन गर्छन्। झट्ट हेर्दा सानो बच्चा वा पुतलीको लुगाझैं लाग्ने यो भोटो हीरा, मोती, सुन र विभिन्न रत्नको जरीले टाढैबाट चम्किलो देखिन्छ। हीरामोतीको जरी लुगाको अग्रभागमा मात्र छ, पछाडि केही छैन। भोटो भनिए पनि हामीले देख्ने अरू भोटोजस्तो यसमा तुना भने छैन।एक महिना चल्ने रातो मच्छिन्द्रनाथ जात्रामा भोटो देखाउने उत्सव अत्यन्तै छोटो हुन्छ। यो प्रायः साँझ ५ बजेतिर सुरू हुन्छ।

विशिष्ट अतिथिहरू जावलाखेल आइसकेपछि लाहा छाप लगाइएको रातो कपडाबाट भोटो झिकेर सबभन्दा पहिला रातो मच्छिन्द्रनाथलाई देखाइन्छ। त्यसपछि राष्ट्र–प्रमुख तथा सरकार–प्रमुखलाई देखाइन्छ, अनि रथ वरिपरि घुमेर चारै दिशामा पालैपालो प्रदर्शन गरिन्छ।