राप्रपाका नेता तथा समाजसेवी विनय रावलले बर्दियाका निरज चाैधरीकाे उपचारका लागी सहयाेगकाे अपिल गरेका छन् ।  आइतबार सामाजिक संजाल फेसबुकमा एक अपिल जारी गर्दै चौधरीको ज्यान बचाउन सबैको साथ आवश्यक रहेको बताएका छन् ।

बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं.२ पेहरहनि निवासी निरज जित बहादुर थारूका छाेरा हुन् । उनी केही समय अघि ब्रेन हेमोरेज भइ अचेत अवस्थामा जापानको सैतामा मेडिकल युनिभर्सिटी जनरल मेडिकल सेन्टर कावागो शहरमा उपचाररत छन् । निरजको उपचारका लागि स्वयं नेता रावलले ५० हजार रुपैयाँँ दिने घोषणा समेत गरेका छन् । `मानव सेवा नै धर्म हो´ भन्ने मान्यता बाट प्रेरित रावल सामाजिक कार्यहरूमा सक्रिय व्यक्तित्व हुन् । उनले लामो समय देखि जनताको हरेक सुखदुःख साथ दिदै आएका छन् । आर्थिक अभावमा छट्पटाइरहेका निरजलाई  सहयोग गर्न चाहने व्यक्तिले ९८५१२८३१०८ मा सम्पर्क गरि सहयोग गर्न सक्नेछन् ।