म्यादी प्रहरीको भर्ना फेरि खुल्ने भएको छ । मंसिर ४ गते हुने चुनावका लागि सरकारले म्यादी प्रहरीको भर्ना फेरि खुलाउने तयारी गद्र्यै स्थानीय चुनावमा खटिएका युवाहरुलाई प्राथमिकता
दिने जनाएको छ । प्रदेश र प्रतिनिधि सभा निर्वाचनको सुरक्षाका लागि चार सुरक्षा संयन्त्रका जनशक्ति मात्रै पर्याप्त नहुने भएकाले म्यादी प्रहरी भर्ना खुलाउने तयारी गृहमन्त्रालयको छ । निर्वाचनमा नेपाल प्रहरी, म्यादी प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी चार घेराको सुरक्षा व्यवस्था रहन्छ । म्यादी प्रहरीले प्रहरीको प्रत्यक्ष मातहतमा रहेर काम गर्ने भएकाले ‘विगतमा स्थानीय तह निर्वाचनमा काम गरेकालाई नै प्राथमिकता दिएर म्यादी प्रहरीको भर्ना गर्ने प्रस्ताव लैजाने केन्द्रीय प्रहरी प्रवक्ता टेकप्रसाद राईले जानकारी दिए । उनले भने प्रदेश तथा प्रतिनिसभा निर्वाचनका लागि विशेष योजना योजना अनुसार छिट्टै नै म्यादी प्रहरीको माग गरिनेछ । यसैबिच बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ४ मंसिरमै निर्वाचन गर्ने निर्णय गरेको हो । यसअघि निर्वाचन आयोगले ४ मंसिरमा एकै चरणमा निर्वाचनको मिति तोक्न सरकारलाई सिफारिस गरेको थियो । सोहीअनुसार बिहीबारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

प्रतिनिधिसभाअन्तर्गत एक सय ६५ र प्रदेशसभाअन्तर्गत तीन सय ३० निर्वाचन क्षेत्रमा निर्वाचन हुने भएको छ । सत्तारुढ पाँचदलीय गठबन्धनको बुधबारको बैठकले ४ मंसिरमा निर्वाचन गर्ने सहमति गरेको थियो ।